जाजरकोट भूकम्पः बेलायतका राजाबाट दुःख व्यक्त

काठमाडौँ- बेलायतका राजा चार्ल्सले जाजरकोट भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार सन्देश पठाउनुहुँदै भूकम्पबाट भएको जनधनको क्षतिको खबर सुनेर आफू तथा आफ्नो परिवार स्तब्ध र दुःखित् भएको उल्लेख गर्नुभएको छ ।

यस दुःखद् घडीमा आफ्नो प्रार्थना नेपाली जनतासँग रहेको उल्लेख गर्दै राजा चार्ल्सले सबै शोकसन्तप्त परिवार र प्रभावित समुदायमा समवेदना व्यक्त गर्नुभएको छ ।

उहाँले यस कठिन अवस्थामा बेलायत सरकार नेपालको आवश्यकतानुसार सहयोग गर्न तप्पर रहेको उल्लेख गर्नुभएको नेपालस्थित बेलायती दूतावासले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/33071

Previous articleसामाजिक सञ्जाल दुरुपयोगको नियन्त्रण प्रयास, तीन महिनाभित्र नेपालमा सूचिकृत हुनैपर्ने
Next articleसंविधानको रक्षार्थ बनेको गठबन्धन सहमतिअनुसार नै अगाडि बढ्छ : नेता सिंह
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।