साउदीको ताबुकमा पासपोर्ट Renew गर्न अस्थाई शिविर सम्पन्न

साउदीको ताबुकमा पासपोर्ट Renew गर्न अस्थाई शिविर सम्पन्न

उज्यालो नेपाल, मङ्सिर २७, चितवन- साउदीको रियादमा रहेको नेपाली दुताबास र नेपाली कन्सुलेट जनरल, जेद्दाले साउदीको विभिन्न ठाउँमा कार्यरत नेपालीहरुलाई मध्यनजर गर्दै साउदीको विभिन्न ठाउँमा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गरिरहेको छ । यसै क्रममा साउदीको ताबुकमा हिजो शुक्रबार ( १२ डिसेम्बर २०२०) मा  अस्थाई कार्यालय संचालन भएको हो! नेपाली कन्सुलेट जनरल, जेद्दा र एनआरएनए आरसीसी ताबुक ले एक सुचना जारी गर्दै ताबुकमा कार्यालय संचालन हुने मिति समय र स्थान बारे जानकारी दिएको थियो!

पुर्ब सुचना र योजना मुताबिक हिजो मिती: ११-डिसेम्बर-२०२०का दिन साउदी अरेबियाको ताबुक क्षेत्रमा राहदानी सहजिकरण सम्पन्न भएको छ।  नेपाली माहावाणिय दुताबास जेध्दा र एनआरएनएको संयुक्त आयोजनामा ताबुक क्षेत्रमा गरिएको “श्रमिक आउटरेज क्याम्पिङ”मा ताबुक र आसपासमा दुबा ,आरआर, गुराईद, र तुरैफ आदि क्षेत्रहरुबाट उपस्थित भएका ४ महिला सहित करिब ३३ जना श्रमिकहरुको राहदानी सहजिकरण सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाली माहावाणिज्य दुताबासको तर्फ बाट: कर्मचारिहरु: झुपलाल पुन मगर, सुजन वाग्ले र राजु बास्कोटाको उपस्थिती रहेको थियो भने एनआरएनको तर्फ बाट: सन्तोष लुइंटेल-एनआरएनए एनसिसी साउदीका कोषाध्यक्ष र सल्लाहकार भक्त हमाल साथै एनआरएनए ताबुक क्षेत्रिय समन्वय समिती बाट: अर्जुन थापा-अध्यक्ष, सल्लाहकार हेमन्त बस्नेत , देवी सुतार कार्की-कोषाध्यक्ष,युवराज पोख्रेल-सचिव,दिपक कार्कि-सदस्य,ओम थापा मगर-सदस्य र खेम राज खत्री आदिको उपस्थिती रहेको थियो।

अनवरत रुपमा खटिएर सहज रुपमा सेवा प्रदान गर्दिनुहुने जेद्धा कन्सुलरबाट पाल्नु हुने सबैमा र NRNA -NCC , ताबुक क्षेत्रका सम्पुर्ण पदिधिकारीहरुमा एनआरएनए आरसीसी ताबुकले हार्दिक धन्यवाद ज्ञापन गरेको छ! साउदीको विभिन्न क्षेत्रमा छरिएर रहेका नेपाली कामदारहरुलाई पायक पर्ने ठाउमा नै सेवा दिने उद्देश्यले साउदीमा अहिले पासपोर्ट नबिकरणको लागी घुम्ती शिविर संचालन गर्ने अभियान नै चलेको छ!

 

नारायणी नदीको बारमा मोटरसाईकल ठोक्किँदा एकजनाको ज्यान गयो।

Previous articleआज २०७७ साल मङ्सिर २७ गते शनिबार, आजको तपाईको दिन कस्तो छ? (राशिफल)
Next articleभद्रकाली युवा क्लबको व्यबस्थापनमा भद्रकाली मन्दिरमा बालाचतुर्दशी मेला भव्य रुपमा सम्पन्न
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।