कारागारभित्रै कैदीको मृत्यु

अछाम जिल्ला कारागारमा सुतिरहेका एक कैदी मृत भेटिएका छन्।

कर्तव्य ज्यान मुद्दामा कैद भुक्तानी गरिरहेका पञ्चदेवल–विनायक नगरपालिका–६ तोलिका ४२ वर्षीय जितेन्द्र विक कारागारभित्रै मृतावस्थामा भेटिएका हुन्।

मंगलबा बिहान ढिलोसम्म नउठेपछि अन्य कैदीबन्दीले हेर्दा मृतावस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए।

मृतकका आफन्तलाई बोलाइएको र आफन्त आइसकेपछि शवपरीक्षण गरिने जनाइएको छ। मृत्युको कारण खुल्न नसकेको र अन्य अवस्थाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए।

कर्तज्य ज्यान मुद्दामा २०६६ भदौमा जेल परेका विकले १० वर्ष ६ महिना कैद भुक्तानी गरिसकेका र जेलबाट छुट्न सिफारिस हुने क्रममा रहेका थिए। रासस

‘बहराइनमा नेपालीहरू सुरक्षित’

Previous articleअछाम कारागारमा सुतेको अवस्थामा एक कैदी मृत भेटिए
Next article‘दाह्री पालेको र इन्टरनेट चलाएकै कारण उइगुर मुस्लिम चीनको थुनामा’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।