कालिका ३ का १२५ विपन्न घरधुरीको नि:शुल्क स्वास्थ्य बिमा

रत्ननगर । पूर्वी चितवनको कालिका नगरपालिकाका विपन्न परिवारको निःशुल्क स्वास्थ्य विमा गरिएको छ । नगर गौरवको योजना अन्तर्गत नगर भित्रका ७९४ घरधुरीको स्वास्थ्य विमा गरिएको हो ।

शुक्रबार वडा नं ३ मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आयोजित औपचारिक कार्यक्रममा मेयर विनोद रेग्मीले सो वडाका १२५ घरधुरीका बिमितहरुलाई बिमा कार्ड हस्तानान्न्तरण गरे। पैसा नभएर उपचारबाट बन्चित हुनुपर्ने अति विपन्न समुदायको जीवन रक्षाको लागि सो नगरपालिकाले नगरप्रमुख स्वास्थ्य विमा कार्यक्रम लागु गरी निःशुल्क स्वास्थ्य बिमा गरेको हो ।

निःशुल्क स्वास्थ्य बिमाबाट नगर भित्रका विपन्न परिवारका तीन हजार १७७ जना लाभाम्वित हुनेछन् । सो नगरपालिकाले स्वास्थ्य बिमाको लागि प्रतिपरिवार परिवारसंख्याको आधारमा ३ हजार ५०० देखि सात हजार सम्म लगानी गरेको छ । ७९४ घरधुरीको स्वास्थ्य विमाको लागि नगरपालिकाको २८ लाख ४३ हजार ३०० रुपैया लगानी गरेको छ ।

विपन्न नगरबासीको स्वास्थ्य बिमाको लागि सो नगरपालिकाले नगर सभा मार्फत ३० लाख रुपैया विनियोजन गरेको थियो । चेपाङ समुदायका परिवारको प्रदेश सरकारले स्वास्थ्य बिमा गर्ने घोषणा गरिसकेकाले सो नगरपालिकाले नगरभित्र रहेका सो समुदायका घरधुरीको भने स्वास्थ्य बिमा गरेको छैन् ।

https://ujyaalonepalnews.com/archives/32367

Previous articleहात्तिबाङ विद्यालयलाई एक्सपर्ट चितवनको खेलकुद सामग्री
Next articleथारु समुदायले ‘यमोसा’ पर्व मनाउँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।