रत्ननगरकी एक महिलाले गरिन् आत्मदाहको प्रयास

चितवन, मंसिर २१- चितवनको रत्ननगर नगरपालिका–८ बाघमारामा एक महिलाले आफ्नै शरिरमा आगो लगाई आत्मदाह गर्ने प्रयास गरेकी छन् ।

बाघमाराकी ४१ वर्षीय बिनिमाया कुमालले गएराति १:१५ बजे आत्मदाहको प्रयास गरेको बागमती प्रदेश प्रहरीले जानकारी दिएको छ । कुमालको अवस्था मध्यम रहेको र भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

निज महिला प्यारालाईसिस र मानसिक बिरामी रहेको पाइएको प्रहरीले बताएको छ । के कारणले आत्मदाहको प्रयास गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

Previous articleदेशमा धेरै ठाउँको मौसम धुम्म, पानी नपर्ने मौसमविदको भनाइ
Next articleरत्ननगर मेयर कप : भरतपुरलाई पराजित गर्दै माडी फाइनमा प्रवेश
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।