रत्ननगर । नेकपा एकीकृत समाजबादी जिल्ला कमिटीका सचिव केपी लामिछाने र उपसचिव कर्ण बहादुर विकले साे पार्टी परित्याग गरेकाछन् ।
शनिवार सयुक्त विज्ञप्ती जारी गरि लामिछाने र विकले पार्टी परित्याग गरेकाे घाेषणा गरेका हुन ।
एकीकृत समाजवादीको नेतृत्व दिनानु दिन दक्षिणपन्थी अवसरवादी दिशामा तल्लीन रहेको, सुधारको गुन्जाईस नरहेको, राष्ट्रिय राजनीतिमा भूमिका शुन्य भएको र वैचारिक सांगाठनिक नेतृत्व दिन असक्षम रहेको भन्दै पार्टीमा रहेर समय र उर्जा खर्चिनु निरर्थक भएकोले परित्याग गरेकाे विज्ञप्तीमा जनाइएकाे छ ।
एमालेवाट गरेको बिद्रोहको औचित्य पुष्टि हुनु नसकेकाे पार्टीकाे नेतृत्व घोर दक्षिणपन्थी र अवसरवादी हुन पुगेको तथा २०७९ को स्थानीय तहको निर्वाचन र संघीय तथा प्रदेशसभा निर्वाचनमा अस्तित्व जोगाउन नसक्ने अवस्थामा पुगेको यो पार्टी दिशाहिन अवस्थाबाट गुज्रिरहेको छ विज्ञप्तीमा भनिएकाे छ।
पाँच दलिय सत्ता गठबन्धनको पासोमा बेरिएर समाप्तीको बाटो समातेको नेतृत्वले पार्टीलाई बदल्ने कुनै गुन्जायस राखेको पाइएन जिल्ला सचिव लामिछानेले भने जसको कारण दिनहुँ नेता कार्यकर्ताले पार्टी परित्याग गरिरहेका छन् ।



