क्रिसमस पर्वको पूर्व सन्ध्यामा सौराहामा सांस्कृतिक झाँकी

रत्ननगर, पुष ८ । क्रिसमस पर्वको पूर्व सन्ध्यामा पर्यटकीय नगरी सौराहामा सांस्कृतिक झाँकी निकालिएको छ । रेष्टूरेण्ट एण्ड वार एसोसियसन सौराहाको आयोजना र क्षेत्रिय होटल संघ नेपाल चितवनको सह आयोजनामा झाँकी निकालिएको हो ।

सौराहामा रहेका क्रिसमस पर्व मनाउने विदेशी पर्यटकलाई लक्षीत गरि सौराहाको संस्कृति चिनाउने उद्देश्यले झाँकी निकालिएको रेवानका अध्यक्ष नरेश गिरीले बताए ।

झाँकीमा आदिवासी जनजाती समूदाय सांस्कृतिक पहिरन सहित सहभागी गराइएको रेवानका महासचिव सूर्य रिमालले जानकारी दिए ।

र्‍यालीमा क्षेत्रीय होटल संघका अध्यक्ष गंगा गिरी,साना पर्यटन ब्यवसायी समुहको अध्यक्ष सुना रिजाल स्थानिय होटल ब्यवसायी लगायतको सहभागिता रहेको थियो ।

Previous articleकारको टायर पड्किएर भएको दुर्घटनामा कालिकामा एकजनाको ज्यान गयो
Next articleचितवन राष्ट्रिय निकुञ्जका चार भाले हात्ती आक्रामक, स्थानीय त्रासमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।