Home ताजाखबर चितवनमा बसले रिक्सा ठक्कर दिँदा चालकको मृत्यु

चितवनमा बसले रिक्सा ठक्कर दिँदा चालकको मृत्यु

0
590

चितवन, वैशाख १४ — चितवनको रत्ननगर नगरपालिका–३ शान्ति चोकस्थित पूर्व–पश्चिम राजमार्गमा बसले रिक्सा ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

आज बिहान करिब ४:३० बजे झापाबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश १–१०–००१ ख ३९०१ नम्बरको यात्रुवाहक बसले सोही दिशातर्फ गइरहेको तरकारी बोकेको रिक्सा ठक्कर दिएको हो।

दुर्घटनामा रिक्सा चालक पर्सा जिल्ला जिराभवानी गाउँपालिका–२ घर भई हाल खैरहनी नगरपालिका–१ मा डेरा गरी बस्दै आएका ४३ वर्षीय किसुन महतो थारू गम्भीर घाइते भएका थिए।

उनीलाई उपचारका लागि सरकारी अस्पताल भरतपुर लगिएकोमा बिहान ५:०५ बजे चिकित्सकले मृत घोषणा गरेका छन्।

ठक्कर दिने बस र चालक सिराहा जिल्ला लहान नगरपालिका–१ बस्ने २६ वर्षीय श्याम कुमार रामलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

Previous articleकंकाली वनमा काँग्रेस-एमाले गठबन्धनलाई पराजित गर्दै रास्वपाको प्यानलै विजयी 
Next articleचितवनमा १७ वर्षीया भान्जीलाई बलात्कार गर्ने मामाविरुद्ध मुद्दा, किशोरी ६ महिनाको गर्भवती
निराजन घिमिरे
निराजन घिमिरे चितवनमा बसेर सक्रिय सक्रिय पत्रकारिता गर्छन, जो स्थानीय मुद्दा, कृषि, विकास र सामाजिक गतिविधिलाई तथ्यपरक ढंगले उज्यालो नेपालमार्फत जनतासम्म पुर्‍याउन समर्पित छन्। उनि चितवनबाट प्रकाशित भईरहेको उज्यालो नेपाल न्युजका संचालक समेत हुन्।