उज्यालो नेपाल- चितवनमा गाईको बाच्छी काटेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं. १७ गोब्रेनी बस्ने ६० वर्षिय रामगोपाल तमाङ र ३० वर्षका मसिने तमाङ छन् ।
नाताले उनीहरु बाबुछोरा हुन् । उनीहरुलाई हिजो (मंगलबार) दिउँसो आफ्नै घरमा गाईको बाच्छी काटिरहेको अवस्थामा अस्थाई प्रहरी पोष्ट शारदानगर बाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनीहरुको साथ बाट अन्दाजी १५-२० किलो बाच्छीको मासु र मासु काट्ने औजारसमेत नियन्त्रणमा लिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जानकारी दिएको छ । बरामद गरिएको बाच्छीको मासुलाई मुचुल्का गरि खाल्टोमा गाडिएको छ ।




