उज्यालो नेपाल- पूर्वी चितवनको खैरहनीमा हुन गइरहेको नवौं खिचरा महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु आउने भएका छन् ।
आयोजक थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ का सभापति रामेश्वर चौधरीका अनुसार महोत्वसमा विभिन्न राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति रहने भएको हो ।
माघ १ गते नेपालका चर्चित हास्य कलाकार मनोज गजुरेल र चर्चित गायिका अनु चौधरीको प्रस्तुतीसंगै स्थानीय कलाकारहरूको पनि प्रस्तुती रहने जनाइएको छ ।
चितवनवासी लगायत आगन्तुकहरूलाइ मनोरञ्जनका लागी यस पटक मनोज गजुरेलको प्रस्तुती राखिएको खिचरा महोत्सवका संयोजक चौधरीले जानकारी दिए ।
महोत्सव अवधिभर हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ । परम्परागत सांस्कृतिक ठेकरा, झुमरा, रसधारी, लाठी नाचहरुको प्रस्तुतिका साथै विभिन्न जातजातिको सास्कृतिक प्रस्तुति तथा खिचरा डान्स आईडल रहनेछ ।
महोत्सव यही पुस २८ देखि माघ १० गते सम्म महोत्सव सञ्चालन हुने छ ।




