एमसीसीबारे छिट्टै निर्णय हुन्छ : प्रवक्ता श्रेष्ठ

गलेश्वर, ४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे पार्टीले छिट्टै आवश्यक निर्णय लिने बताएका छन् ।

प्रेस सङ्गठन म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमसीसीलाई संसद्बाट पारित गराउने विषयमा सत्तारुढ दल नेकपाभित्रै विवाद उत्पन्न भइरहेको सन्दर्भमा राष्ट्रियहितलाई केन्द्रमा राखेर निर्णय गरिने बताए ।

नेपालको विद्युत् प्रशारणलाइन र सडक स्तरोन्नतिका लागि अमेरिकाले घोषणा गरेको सहयोग प्रस्ताव एमसीसीका विषयमा भइरहेको विवादका विषयमा उनले धारणा राखेका हुन् ।

“पार्टीको सचिवालय बैठकले राष्ट्रिय स्वाधीनता र विकासलाई ध्यान दिएर यथार्थपूर्वक ढङ्गबाट एमसीसी प्रस्तावबारे आवश्यक निकास निकाल्ने छ”, प्रवक्ता श्रेष्ठले भने ।

अब बस्ने सचिवालय बैठकले यसलाई टुंगोमा पुर्याउने बताए ।

सभामुख चयनबारे देखिएको अन्यौलताले छिट्टै निकास पाउने उनले बताए ।

वर्तमान सरकारले मुलुकमा हुँदै आएका र भएका बेतिथि तथा गलत कार्यको छानबिन गरी बास्तविकता बाहिर ल्याउने काम गरेको उनको भनाइ छ ।

The post एमसीसीबारे छिट्टै निर्णय हुन्छ : प्रवक्ता श्रेष्ठ appeared first on Koshi Online.

तलबकाे कर विवादपछि मुख्य प्रशिक्षक पटवालले दिए राजीनामा

Previous articleपहिलो ओभरमै सन्दीपलाई विकेट, मेलबर्नको दशौं जित
Next articleचम्ल्याहा सन्तान हुर्काउनै मुस्किल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।