Home Uncategorized पहिलो ओभरमै सन्दीपलाई विकेट, मेलबर्नको दशौं जित

पहिलो ओभरमै सन्दीपलाई विकेट, मेलबर्नको दशौं जित

नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोली मेलबर्न स्टार्सका लागि अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) क्रिकेटमा पर्थ स्कोर्चसविरुद्ध पहिलो ओभरमा नै विकेट लिएका छन्।

टिमको सातौं तथा ब्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दिपले सात रन दिएर एक विकेट लिएका हुन्। ओभरको चौथो बलमा उनले लिभिङ स्टोनलाई कार्टराइटको हातबाट क्याच गराए। त्यसअघि उक्त ओभरको पहिलो बलमा उनले चौका खाएका थिए।

यो पनि: बीसीसीआईको खेलाडी सम्झौताबाट बाहिरिएपछि धोनीका विकल्प

दोस्रो ओभरमा सन्दीपले चौकासहित नौ रन दिए। यस्तै तेस्रो ओभरमा उत्कृष्ट बलिङ गर्दै ४ रनमात्रै दिएका सन्दीपले आफ्नो अन्तिम ओभरमा एक चौका ब्यहोर्दै १० रन खर्चे।

समग्रमा सन्दीपले ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिए। योसँगै सन्दीपले जारी लिगमा १० खेलबाट १२ विकेट लिइसकेका छन्। उनले ३५ ओभर बलिङ गर्दै २५७ रन खर्चेका छन्।

पर्थलाई १० रनले हराउँदै सन्दीपको टोली मेलबर्नले लिगमा दशौं जित हात पारेको छ। मेलबर्न १२ खेलमा १० जितसहित २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ।

प्रियंका कार्कीको तस्बिर सेयर गर्दै बार्साले भन्योः हामी नेपाललाई माया गर्छौं

Previous articleबीसीसीआईको खेलाडी सम्झौताबाट बाहिरिएपछि धोनीका विकल्प
Next articleएमसीसीबारे छिट्टै निर्णय हुन्छ : प्रवक्ता श्रेष्ठ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।