यू १९ विश्वकप क्रिकेट : नेपालले आज पाकिस्तानको सामना गर्ने

काठमाडौं । आइसीसी यू-१९ विश्वकप अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेल पाकिस्तानविरुद्ध खेल्दै छ। नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार दिउँसो १:४५ बजेदेखि सुरु हुने छ।

नेपालले आफ्नो पहिलो खेलमा न्यूजील्याण्डसँग ६४ रनको हार बेहोरेको थियो। अहिलेसम्म समूह डी मा न्यूजील्याण्डले लगातार दोस्रो जित हासिल गरेको छ।

न्यूजील्याण्डले नेपाल र अफगानिस्तानलाई पराजित गरेको थियो। त्यस्तै पाकिस्तानले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई नै पराजित गरेको थियो । यस समूहमा नेपालले एक र अफगानिस्तानले २ खेलमा हार बेहोरेका छन् । दक्षिण अफ्रिकामा हुने यस विश्वकपमा नेपालसहित १६ देश सहभागी छन् ।

यस विश्वकपमा नेपाल समूह डी मा रहेको छ। यस समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड रहेका छन् ।

नेपालले आफ्नो समुह चरणको अन्तिम खेल जनवरी २६ मा अफगानिस्तानसँग खेल्ने तालिका रहेको छ। यस विश्वकपमा १६ देशलाई चार समूहमा विभाजन गरिएको छ।

समूह चरणमा एक अर्कासँग खेलेपछि हरेक समूहबाट शीर्ष तीन टिम अर्को चरणमा प्रवेश गर्ने छन्।

Previous article18+ channel in telegram ✓ Join 200+ Active Adult Groups Now!
Next article२९ हजार अवैध लाइसेन्स औपचारिक रूपमा खारेज
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।