सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।
न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उनलाई हाजिरी जमानी वा तारिखमा राखी अनुसन्धान गर्न आदेश दिएको छ।
श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यो आदेश दिएको हो।



