बद्री पहाडीद्वारा शान्ति समाजलाई १ करोड सहयोग

विराटनगर निवासी समाजसेवी बद्रीप्रसाद पहाडीले मानव अधिकार तथा शान्ति समाजलाई १ करोड रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गरेका छन्। उनी मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीका पिता हुन्।

सो सहयोग शान्ति समाजको केन्द्रीय कार्यालय भवन निर्माणका लागि प्रदान गरिएको समाजका सभापति उत्तम पुडासैनीले बताएका छन्।

‘यसका लागि केही जग्गा छुट्टाइएको हुँदा सहयोग रकम क्रमश जम्मा गर्दै जाने र भवन निर्माण कार्य प्रारम्भ हुनासाथ सम्पूर्ण रकम शान्ति समाजको खातामा जम्मा भइसक्ने जानकारी पहाडी परिवारबाट प्राप्त भएको छ,’ पुडासैनीद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ। ‘यो विशाल राशी सहयोगका लागि मनकारी श्री बद्रीप्रसाद पहाडीप्रति मानव अधिकार तथा शान्ति समाज हार्दिक आभार एवं कृतज्ञता व्यक्त गर्दछ।’

पहाडी परिवारद्वारा सेवामुखी विभिन्न संघ संस्था तथा निकायलाई यसै वर्ष १ करोड ३२ लाख नगद र जग्गा गरी पौने २ करोड सहयोग प्रदान गरिएको समेत पुडासैनीले जानकारी गराएका छन्।

करण केसी चम्किएपछि नेपालले पायो ६७ रनको झिनो लक्ष्य

Previous articleपश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना
Next articleदुर्घटनामा परि गम्भीर घाइते भएका सेनाका मेजर ईश्वर सिलवालको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।