रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा विहीबार देखि सौराहा साउथ एशियन फिल्म फेस्टिबल सुुुरु भएकाे छ । क्याराभान नेपालले रत्ननगर वडा नंं ७ चित्रसारी खेल मैदानमा फेस्विलको आयाेजना गरेकाे हाे ।
रत्ननगर नगरपालिकाका प्रबक्ता तथा वडा नं. १ का वडाध्यक्ष कुलप्रसाद सापकाेटा प्रमख अतिथि रहेकाे उद्घाटन कार्यक्रममा बरिष्ठ चलचित्रकर्मी नीर विक्रम शाह, नायक शिव श्रेष्ठ, जनबादी गायक जीवन शर्मा, बरिष्ठ निर्देशक प्रकाश सायमी, वडा नं ७ का वडाध्यक्ष सजना महताे लगायतकाे उपस्थिति रहेकाे थियाे ।
फेस्टिबलमा चलचित्र, पर्यटन तथा स्थानीय परम्परागत खानाका स्टल हरु रहेका छन् । ५० हजार दर्शकले अवलोकन गर्ने र एक करोड बढीकाे कारोवार हुने अनुमान र अपेक्षा गरिएको छ ।


