उपरदाङगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको मोटरसाईकल दुर्घटना हुँदा एकजनाको ज्यान गयो

चितवन । उपरदाङगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको ना ३४ प ४६१७ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

दुर्घटनामा मोटरसाइकल चालक जिल्ला चितवन, इच्छाकामना गाउँपालिका–७ निवासी अन्दाजी २४ वर्षीय साजन चेपाङ गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि सरकारी अस्पताल भरतपुर ल्याइएकोमा शनिबार राति ९ बजेर २४ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेका हुन्।

घटना मङ्सिर २७ गते शनिबार साँझ करिब ७ बजेको समयमा कालिका नगरपालिका–९ सेरबास क्षेत्रमा भएको प्रहरीले जानकारी दिएको छ।

Previous articleरत्ननगर जुनियर जेसिजको अध्यक्षमा सगुन रेग्मी
Next articlePeaches Casino Reputation Explained from Player Reviews and Ratings
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।