चीनबाट ल्याइएका नेपालीमा कोरोना भाइरस छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । चीनको वुहानबाट उद्दार गरी ल्याइएका १७५ जना नेपालीमा कोराना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ ।

बुधबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै वुहानबाट ल्याइएका १७५ जनाकै स्वास्थ्य परीक्षण गरिएको र कसैमा पनि कोरोना भाइरसको संक्रमण नभेटिएको जानकारी दिएको हो ।

फागुन ४ गते चीनबाट उद्धार गरी भक्तपुरको खरीपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रमा राखिएका १ सय ७५ जनामध्ये परीक्षण गरिएका सबैको रिपोर्टको नतिजा नेगेटिभ देखिएको छ । नतिजा नेगेटिभ आएकाले उनीहरूमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण नभएको पाइएको छ ।

The post चीनबाट ल्याइएका नेपालीमा कोरोना भाइरस छैन : स्वास्थ्य मन्त्रालय appeared first on Rajdhani Daily News.

नेता जिसीद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग

Previous article‘आर्थिक समृद्धितर्फ प्रदेश सरकार प्रतिबद्ध’ : मुख्यमन्त्री डोरमणि पौडेल
Next articleआगामी निर्वाचनमा बहुमत ल्याउन कांग्रेसलाई कुनै समस्या छैन : महत
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।