उपाधि छिनोफानो हुने खेलमा मछिन्द्रले आर्मीविरुद्ध लियो अग्रता

आज नेपाल आर्मी र मछिन्द्रमध्ये जुन क्लबले खेल जित्छ उसैले ए डिभिजन लिग जित्नेछ।

जारी खेलमा मछिन्द्रले आर्मीविरुद्ध गोल गर्दै लिग जित्ने सम्भावना बलियो बनाएको छ।

पहिलो हाफको ३५ औं मिनेटमा मछिन्द्रले आर्मीविरुद्ध गोल गरेको हो। रन्जीत धिमालको आकर्षक फ्रिकिकमा मछिन्द्रले अग्रता लिएको हो।

खेल दशरथ रंगशालामा भइरहेको छ। 

आजको खेलमा आर्मीले बराबरी मात्र गरे पनि उपाधि आफ्नो पक्षमा पार्नेछ।

सहिद स्मारक ए डिभिजन लिगको १२ खेल सम्पन्न भइसक्दा शीर्ष स्थानको आर्मीको २९ अंक छ। दोस्रो स्थानको मछिन्द्र एक अंकले मात्र आर्मीभन्दा पछि छ।

ताप्लेजुङमा पहिराले एकै परिवारका तीनजना सहित चार बेपत्ता

Previous articleवुहानमै रोकिए १० जना नेपाली, १७५ जना काठमाडौं उडे
Next articleनेपालकी प्रेरणा र भारतका अमनलाई जुनियर यु–१८ को उपाधि
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।