अर्किड स्कुलले मनायो १३ औ वार्षिकोत्सव ।

फाल्गुण ४ चितवन ।भरतपुर-१०, चितवन स्थित अर्किड स्कुलको ‘१३ औ वार्षिकोत्सव तथा अभिभावक दिवस’ सम्पन्न भएको छ ।

स्कुलका अध्यक्ष तथा प्रवन्ध निर्देशक आकाश पौडेलको सभापतित्वमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशी प्रमुख अतिथि, भरतपुर महानगरका नगर उप-प्रमुख चित्रसेन अधिकारी, राष्ट्रीय भूमि आयोगका अध्यक्ष बद्री तिमल्सिना, प्याब्सन चितवनका अध्यक्ष कीर्तिनिधि अर्याल बिशिष्ट अतिथि र अतिथिहरुमा मेट्रो प्याब्सनका अध्यक्ष लेखनाथ खनाल, शिक्षक-अभिभावक सङ्घका अध्यक्ष कृष्णहरि पन्डित रहेका थिए।

स्कुलका प्राचार्य डा. खेम आचार्यले शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको सो कार्यक्रममा सह-प्राचार्य पुरुषोत्तम दुवाडीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।

शिक्षक, अभिभावक अनि बिद्यार्थीहरुको रचनाको सङगालो ‘सुनगाभा’को अङ्क ७ को समेत लोकार्पण गरिएको थियो।

औपचारिक कार्यक्रममा अर्किड स्कुलमा अध्ययनरत बिद्यार्थीका दुई जना ज्येष्ठ अभिभावकहरु मोतिदेवि उपाध्याय र यदुनाथ खनाललाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

स्कुल प्राङगणमा बिज्ञान प्रदर्शनी, हस्तकला प्रदर्शनी समेत आयोजना गरिएको थियो। स्काउट ट्रुपको मार्च पास, तेक्वान्दो प्रदर्शनी समेत गरिएको थियो। अनौपचारिक कार्यक्रम अन्तर्गत बिद्यार्थीहरुले साङ्गीतिक तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

Previous articleविप्लप समूह भन्छ “पिठुवा खानेपानीको निर्वाचन नरोके जे पनि हुन सक्छ
Next articleबालकुमारी घटनाको मुख्य जिम्मेवार मन्त्री ज्वाला भएको ठहर
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।