Home चितवन सेरोफेरो खैरहनी दुर्घटनामा मृत्यु भएका दुईजनाको परिचय खुल्यो

खैरहनी दुर्घटनामा मृत्यु भएका दुईजनाको परिचय खुल्यो

0
580

खैरहनी, चितवन । चितवनको खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मृत्यु भएका दुई जनाको परिचय खुलेको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ का २३ वर्षीय महेबुब रजा र मोटरसाइकलको पछाडि सवार महोत्तरीको गौशला नगरपालिका–५ की ३३ वर्षीया अजिमा प्रबिन रहेका छन्। उनीहरू आफ्नै दिदी–भाइ रहेको प्रहरीले जनाएको छ।

शनिबार दिउँसो करिब १२ः२३ बजे नारायणगढबाट बर्दिबासतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २७७३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०१–०१५ प ३३८५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक र पछाडि सवार महिला गम्भीर घाइते भएका थिए।

उनीहरू शनिबार दिउँसो खैरहनी नगरपालिका–१ तरकारी चोकस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा भएको दुर्घटनामा गम्भीर घाइते भएका थिए।

उपचारका क्रममा महेबुबको दिउँसो १ः५५ बजे र अजिमाको २ बजे मृत्यु भएको थियो। उनीहरूको परिचय भने थप अनुसन्धानपछि खुलेको हो।

बस चालक सर्लाहीको हरिवन नगरपालिका–८ का ५१ वर्षीय अजयकुमार मास्केलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा संलग्न दुवै सवारीसाधन इलाका प्रहरी कार्यालय खैरहनीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

Previous articleखैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
Next articleकाठमाडौँमा छोराको हत्या, दाङमा आमा मृत फेला
निराजन घिमिरे
निराजन घिमिरे चितवनमा बसेर सक्रिय सक्रिय पत्रकारिता गर्छन, जो स्थानीय मुद्दा, कृषि, विकास र सामाजिक गतिविधिलाई तथ्यपरक ढंगले उज्यालो नेपालमार्फत जनतासम्म पुर्‍याउन समर्पित छन्। उनि चितवनबाट प्रकाशित भईरहेको उज्यालो नेपाल न्युजका संचालक समेत हुन्।