Home चितवन सेरोफेरो खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

0
934

खैरहनी, चितवन । चितवनको खैरहनी नगरपालिका–१ तरकारी चोकस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

शनिबार दिउँसो करिब १२ः२३ बजे नारायणगढबाट बर्दिबासतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २७७३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०१–०१५ प ३३८५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक र पछाडि सवार महिला गम्भीर घाइते भएका थिए।

दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी ३०/३२ वर्षीय पुरुष र पछाडि सवार अन्दाजी २५/२६ वर्षीया महिला घाइते भएपछि उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज पठाइएको थियो।

उपचारका क्रममा मोटरसाइकल चालकको दिउँसो १ः५५ बजे र महिलाको २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक दुवैको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको छ।

बस चालक सर्लाहीको हरिवन नगरपालिका–८ का ५१ वर्षीय अजयकुमार मास्केलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा संलग्न दुवै सवारीसाधन इलाका प्रहरी कार्यालय खैरहनीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

Previous articleश्रेस्ता कायमको सिफारिस निःशुल्क गर्ने निर्णय विपरीत रत्ननगरमा शुल्क असुली सुरु
निराजन घिमिरे
निराजन घिमिरे चितवनमा बसेर सक्रिय सक्रिय पत्रकारिता गर्छन, जो स्थानीय मुद्दा, कृषि, विकास र सामाजिक गतिविधिलाई तथ्यपरक ढंगले उज्यालो नेपालमार्फत जनतासम्म पुर्‍याउन समर्पित छन्। उनि चितवनबाट प्रकाशित भईरहेको उज्यालो नेपाल न्युजका संचालक समेत हुन्।