रत्ननगरका गर्भवती महिलाहरुलाई निःशुल्क भिडियो एक्सरे से

रत्ननगर । रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नगरभित्रका गर्भवती महिलाहरुका लागि निःशुल्क घुम्ती भिडियो एक्सरे, इसिजी तथा प्रयोगशाला सेवा सञ्चालन भएको छ ।

१६ वटै वडाका गर्भवती महिलाहरुलाई लक्षित गरी आमा र शिशुको स्वास्थ्यका लागि वडा–वडामा निःशुल्करुपमा घुम्ती भिडियो एक्सरे, इसिजी तथा प्रयोगशाला सेवा चैत १ गतेदेखि १६ गतेसम्म गतेअनुसार प्रत्येक वडाहरुमा सञ्चालन गरिएको जनस्वास्थ्य अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिए ।

चैत १ गते बिहीबार वडा नं–१ बाट सुरू गरिएको सो सेवा चैत ४ गते वडा नं–४ को नर्कटियामा सञ्चालन गरिएको स्वास्थ्य शाखाका सिअहेव निरीक्षक वासुदेव सापकोटाले जानकारी दिए ।

गर्भवती महिलाहरुका लागि निःशुल्करुपमा भिडियो एक्सरे, इसिजी तथा प्रयोगशाला सेवा १६ वटै वडामा क्रमशः बिदाको दिनमा समेत सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले बताए । गर्भवती जाँच तथा प्रयोगशाला सेवा नगर स्वास्थ्यकेन्द्रका स्वास्थ्यकर्मी तथा नगर स्वास्थ्यचौकीका प्राविधिकहरुले दिनेछन् ।

जनस्वास्थ्य अधिकृत माधवप्रसाद पौडेलका अनुसार यस वर्ष रत्ननगर नगरपालिकाभित्रका करिब एक हजार ३४७ जना गर्भवतीलाई रत्ननगर नगरपालिकाका स्वास्थ्यकर्मी तथा प्राविधिकहरुले वडा–वडामा पुगेर निःशुल्करुपमा भिडियो एक्सरे, इसिजी तथा प्रयोगशाला सेवा दिइरहेको बताए ।

जसअनुसार वडा नं–१ मा ८३, वडा नं–२ मा ७७, वडा नं–३ मा ७४, वडा नं–४ मा ७४, वडा नं–५ मा ६०, वडा नं–६ मा ५९, वडा नं–७ मा ५६, वडा नं–८ मा ६८, वडा नं–९ मा ८८, वडा नं–१० मा १२२, वडा नं–११ म ७३, वडा नं–१२ मा ११२, वडा नं–१३ मा १३१, वडा नं–१४ मा १०३, वडा नं–१५ मा ९४ र वडा नं–१६ मा ७३ जना गर्भवतीलाई निःशुल्करुपमा भिडियो एक्सरे, इसिजी तथा प्रयोगशाला सेवा दिइने उनले बताए ।

Previous articleहेटौंडामा एक्सपर्ट कन्क्लेभः विद्यार्थीको उल्लेख्य सहभागिता, डिआरएसले तान्यो ध्यान
Next articleभरतपुरमा सोमबार एक्सपर्ट एजुकेशन कन्क्लेभ हुँदै, सहभागि हुनेलाई उपहारै उपहार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।