उज्यालो नेपाल- रत्ननगरमा बुधबार साईलेज बनाउने मेसिनमा परेर घाईते भएका हरि अधिकारीको मृत्यु भएको छ । साईलेज बनाउनको लागी मकैको ढोड काट्ने क्रममा मेसिनमा च्यापिएर गम्भीर घाईते भएका अधिकारीको विहिबार पुरानो मेडिकल कलेजमा ज्यान गएको हो ।
रत्ननगर नगरपालिका वडा नं. १६ दोबाटो बजार नजीकै मकैको ढोड काट्ने क्रममा अधिकारी बुधबार घाईते भएका थिए । बिहान ९ बजे मेसिनमा परेका अधिकारीलाई मध्यान्ह १२ बजे मात्र उद्दार गरि अस्पताल पुर्याईएको थियो ।
सुरुमा आफुलाई बचाउन आग्रह गरिरहेका अधिकारीको जटिल प्रकृतिको मेसिनमा च्यापिएका कारण उद्दारमा कठिनाई भएको हो । यधपी घटनास्थल मै डाक्टर सहितको टोली बोलाई उपचार सुरु गरिएपनि उनलाई बचाउन नसकिएको वडाध्यक्ष हेमराज थापाले बताए ।
उपचारको लागि भरतपुरको एलाईभ अस्पतालमा पुर्याईएका अधिकारीलाई थप उपचारको लागी बुधबार साँझ नै पुरानो मेडिकल कलेजमा सारिएको थियो । अधिकारीको विहिबार बिहान १० बजे मृत्यु भएको हो । मृतकको विहिबार नै देवघाटमा अन्तिम संस्कार गरिएको छ ।
यो पनि पढ्नुहोस्: साईलेज़ बनाउने मेसिनमा बेरिएर रत्ननगरमा एकजना घाइते



