उज्यालो नेपाल- रत्ननगरमा एकजना वृद्धाको शव फेला परेको छ । रत्ननगरको वडा नं. १२ सालघारीमा सेवक सुवेदीको पुर्दै गरेको पोखरीमा वृद्धाको शव फेला परेको हो ।
गोरखा सिरानचोक घर भई बिगत झन्डै ४० वर्ष देखी जिरौना स्थित कृष्ण मन्दिरको आश्रमा बस्दै आएकी र मानसिक अबस्था ठिक नभएको वर्ष ८४ कि मन कुमारी पोख्रेल आइतबार मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जानकारी दिएको छ ।
घटनाको थप अनुसनधान कार्य भईरहेको र शवको पोष्टमार्टमको लागी भरतपुर सरकारी अस्पतालमा लगिएको प्रहरीले बताएको छ ।



