रत्ननगरमा वृद्धाको शव फेला

उज्यालो नेपाल- रत्ननगरमा एकजना  वृद्धाको शव फेला परेको छ । रत्ननगरको वडा नं. १२ सालघारीमा सेवक सुवेदीको पुर्दै गरेको पोखरीमा वृद्धाको शव फेला परेको हो ।

गोरखा सिरानचोक घर भई बिगत झन्डै ४० वर्ष देखी जिरौना स्थित कृष्ण मन्दिरको आश्रमा बस्दै आएकी र मानसिक अबस्था ठिक नभएको वर्ष ८४ कि मन कुमारी पोख्रेल आइतबार मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जानकारी दिएको छ ।

घटनाको थप अनुसनधान कार्य भईरहेको र शवको पोष्टमार्टमको लागी भरतपुर सरकारी अस्पतालमा लगिएको प्रहरीले बताएको छ  ।

Previous articleकुन तरकारी तथा फलफूलको मूल्य कति?
Next articleशालीनलाई मर्न बाध्य बनाएको भन्दै तीन शिक्षकविरूद्ध आत्महत्या दुरूत्साहनको मुद्दा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।