
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले नवौँ राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै सुटिङ र स्विमिङको पुर्वाधार निमार्णको काम सुरु गर्ने बताएका छन्।
बिहीबार खेलकुद पत्रकार मञ्चले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा सदस्य-सचिव सिलवालले नवौँ खेलकुदका लागि भौतिक पुर्वाधारको काम छिटो सक्ने बताएका हुन्।
उनले सुटिङका लागि अर्को हप्ता टेन्डर (बोलपत्र) आव्हान गर्ने बताए। सुटिङका लागि रि– डिजाइनिङको काम भइरहेकाले बैशाखसम्मका सबै काम सकेर निमार्णको प्रक्रिया अगाडि बढाउने उनको भनाइ थियो।
१३ औं सागमा नपरेका संरचनाका लागि नवाैँ राष्ट्रिय खेलकुदमा समावेश गरी ७ करोड ९३ लाख रुपैयाँ विनियोजन गरेको उनले बताए।
समितिहरुले बिल पास गर्नका लागि अलमलमा परेकाले पनि खर्च नपाएको हुन सक्ने उनले बताए। समितिहरुले बेरुजु नरहने गरी खर्चको बिल पेस गरेमा हिसाब फर्छौट गर्ने सदस्यसचिव सिलवालले बताए। उनले भने, ‘५७ लाख रुपैयाँ बाँकी छ त्यो मैले जानानान लै नदिएको हो पहिलो खर्चको विवरण पेस गर्नुहोस्, पैसा लिएर जानुहोस्।’
नवौँ राष्ट्रिय खेलकुद २०७७ को फागुनमा आयोजना गर्ने गरि तयारी थालिएको छ।
नवौँ राष्ट्रिय खेलकुदमा समावेश हुने खेलहरुलाई ११ जिल्लामा नै आयोजना गर्ने गरी आफुहरुले तयारी पनि गरिएको उनले बताए। निमार्णाधीन पोखरा रगंशालामा बाँकी सिट छिटो राख्न निर्देशन दिएको र क्रिकेट स्टेडियम निर्माणको काम सुरु गरिने बताएका छन्।
उनले भने,‘दशौं खेलकुदलाई मुख्य चुनौतीको रुपमा लिएको छु, कर्णाली प्रदेशमा खेलकुदका लागि भौतिक संरचना निमार्ण गर्न तयारी सुरु गरिसकिएको छ।’ उनले नवौँ राष्ट्रिय खेलकुदका लागि पोखरामा धेरै खेलका लागि भौतिक संरचना भएका कारण सहज हुने बताए।
वैदेशिक रोजगारीको लर्को: ११६ देश जान जान श्रम स्वीकृति दिइयो, सबैभन्दा बढीको रोजाई कतार


