साइबर क्राइम ब्युरोलाई समितिको पत्रः सांसदमाथि भ्रम फिँजाउनेमाथि कारबाही होस्

संघीय प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सदस्य सांसदहरुमाथि सामाजिक सञ्जालमा भ्रम फैलाउनेमाथि छानबिन गरी कारबाही अघि बढाउन नेपाल प्रहरीको साइबर क्राइम ब्युरोलाई पत्राचार गरेको छ।

समितिमा विचाराधीन र छलफलकै क्रममा रहेको सुरक्षण मुद्रण स्थापनासम्बन्धी विषयमा समितिका सदस्यहरुमाथि भ्रम फैलाएको भन्दै छानबिन गरी कारबाही गर्न बिहीबार पत्र पठाएको हो।

समितिको पत्रमा भनिएको छ, ‘..विचाराधीन विषयसँग जोडी माननीय सदस्यहरुको अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा राखी भ्रमात्मक समाचार फैलाएको तथा माननीयज्यूहरुको चरित्र हत्या गर्ने प्रयास भएकोले उनीहरुलाई साइबर क्राइम कानुनबमोजिम कारबाही गरी प्रतिवेदन समितिमा पेस गर्न निर्देशानुसार अनुरोध छ।’

पत्रसँगै समितिले ब्युरोलाई स्क्रिन शट समेत पठाएको छ। प्रभात किशोर उपाध्याय नामका व्यक्तिले फेसबुकमा स्टाटस लेख्दै ‘७४ करोड हैन, ४ अर्ब खाएर आज जर्मन कम्पनीलाई ठेक्का दिन थालेसि स्विस एजेन्टले क्लिप बाहिर ल्याएको रहेछ, ४ अर्ब भाग परेका लेखा समितिका बाँस्कोटालगायत अन्य माननीयहरु’ अन्य सांसदमाथि आरोप लगाएका थिए। यसबारे आज लेखा समितिमा सांसद सूर्य पाठकले आवाज उठाएका थिए।

स्थानीय सरकारप्रति व्यापारीको गुनासो

Previous articleकिसानलाई शौचालयमा थुन्ने मेयरविरुद्ध प्रहरीमा जाहेरी
Next articleफिफा वरियतामा नेपाल यथावत
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।