किसानलाई शौचालयमा थुन्ने मेयरविरुद्ध प्रहरीमा जाहेरी

छोराले भिडियो खिचेको निहुँमा बुबालाई कुटपिट गर्दै शौचालयमा थुन्ने बाराको महागढीमाई नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादवविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ।

पीडित महागढीमाई नगरपालिका २ बरियारपुरका महेन्द्र भन्ने ५५ वर्षका हरेन्द्र महतोले बिहीबार जिल्ला प्रहरी कार्यालय बारामा मेयर यादवविरुद्ध जाहेरी दर्ता गराएका हुन्। मेयर यादवविरुद्ध भेदभाव तथा अपमानजन्य व्यवबहार सम्बन्धी मुद्दा दर्ता गराएको पीडित महतोका छोरा मुकेश कुशावाहाले जानकारी दिए।

गएको सोमबार बिहान स्थानीय अधुरा नाला निरीक्षणको क्रममा मेयर यादवले दिएको प्रतिक्रियाको मुकेशले भिडियो खिच्ने क्रममा उनलाई रोकेर हप्काएका थिए।

मेयर यादव गएपछि एकजना अन्यको मोबाइलमा भिडियो अपालोड गर्दै टिप्पणी गर्दा मेयरले नगरप्रहरी खटाएर मुकेशलाई ल्याउन भनेका थिए। मुकेश घरमा नभेटाएपछि खेतमा पानी पटाइरहेका उनका बुबा हरेन्द्रलाई नगर प्रहरीले पक्राउ गरी नगरपालिका कार्यालयमा पुर्याएका थिए।

मेयरले आफ्नो जुत्ता निकालेर टाउकोमा राख्न भन्दा हरेन्द्रले अस्वीकार गरेपछि उनलाई झापट हिर्काउँदै आधा घण्टा शौचालयमा थुनेर दुब्र्यबहार गरिएको थियो। सोहि घटनामा न्यायको माग गर्दै मुकेशका बुबा हरेन्द्रले जिल्ला प्रहरी कार्यालय बारामा मेयर विरुद्ध जाहेरी दर्ता गराएका हुन्।

याे पनि: छोराले भिडियो खिचेको भन्दै बाबुलाई कुटपिट गरी शौचालयमा थुने मेयरले

चितवनमा खुलेआम म्याद नाघेका खाद्यवस्तु बिक्री

Previous articleसञ्चारमन्त्री बाँस्कोटाले दिए राजीनामा
Next articleसाइबर क्राइम ब्युरोलाई समितिको पत्रः सांसदमाथि भ्रम फिँजाउनेमाथि कारबाही होस्
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।