फिफा वरियतामा नेपाल यथावत

फिफा वरियतामा नेपाल यथास्थानमा कायम छ। फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको वरियतामा नेपाल १ सय ७० औं स्थानमा यथावत रहेको हो।

वरियतामा छिमेकी भारत १०८ औं स्थानमा छ।

वरियतामा मालदिभ्स १ सय ५४, अफगानिस्तान १४९, कुवेत १४७, चाइनिज ताइपेई १३८ र जोर्डन ९७ औं स्थानमा छन्।

वरियताको शीर्ष स्थानमा वेल्जियम, दोस्रोमा फ्रान्स, तेस्रोमा ब्राजिल र चौथो स्थानमा इग्ल्याण्ड यथावत छन्।

उदयपुरमा होली खेल्न निषेध

Previous articleसाइबर क्राइम ब्युरोलाई समितिको पत्रः सांसदमाथि भ्रम फिँजाउनेमाथि कारबाही होस्
Next articleपर्यटक नआएपछि सुनसान बन्दै रारा (फोटोफिचर)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।