उदयपुर । महामारीको रुपमा फैलिएको कोरोना भाईरसलाई मध्ये नजर गर्दै जिल्ला प्रशासन कार्यालय उदयपुरले होली खेल्न निषेध गरेको छ । सार्वजनिक रुपमा आयोजना हुने औपचारिक कार्यक्रमहरु अनिश्चितकाल सम्मका लागि स्वीकृति नदिने निर्णय गरेको छ ।
जिल्ला सुरक्षा समन्वय समितिको बुधबार बसेको बैठकले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरेर यो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी धुव्रबहादुर खड्काले जानकारी दिए । उनका अनुसार पूर्वस्वीकृति लिइएका कार्यक्रमलाई पनि रद्द निर्देशन दिएको छ ।
छिमेकी राष्ट्र चीन हुँदै विश्वभर महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरसबाट नेपाल पनि उच्च जोखिममा रहेको भनी विश्व स्वास्थ्य संगठनबाट प्रतिक्रिया व्यक्त भइ सकेको छ’, उनले भने, ‘नेपाल सरकारले समेत यसको संक्रमणबाट जोगिन सचेतना अपनाउनुका साथै भीडभाडमा नजान तथा भेला, सभा, सम्मेलन जस्ता कार्यक्रमहरु नगर्न अनुरोध गरि सकेको सन्दर्भमा यो निर्णय भएको हो ।
यस्तै कोरोना भाइरसको संभावित संक्रमण फैलिन नदिन र संक्रमण भई हालेमा उपचार र रोकथामका लागि पनि जिल्ला अस्पतालमा एक आइसोलेसन वार्डको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी खड्काले बताए । यस्तै त्रियुगा नगरपालिका, कटारी नगरपालिकाले एक सूचना जारी गर्दै होली नखेल्न आग्रह गरेको छ । भिड जम्मा भएर होली नखेल्न आग्रह गरेको छ ।
कोरोना भाइरसको संभावित संक्रमण फैलिन नदिन र संक्रमण भईहालेमा उपचार र रोकथामका लागि पनि जिल्ला अस्पतालमा एक आइसोलेसन वार्डको व्यवस्था गरिएको जनाइएको छ ।

The post उदयपुरमा होली खेल्न निषेध appeared first on Rajdhani Daily News.
युएईको रोयल गार्डमा कसरी जान सकिन्छ ? के के छ मापदण्ड ? हेर्नुस् विस्तृतमा


