पुर्विचितवनको विभिन्न क्षेत्रमा भोली विधुत अवरुद्ध हुने

उज्यालो नेपाल, जेठ ४- पुर्विचितवनको विभिन्न क्षेत्रमा भोली शनिवार विधुत अवरुद्ध हुने भएको छ ।

खैरहनीको पर्सा सब-स्टेसनमा मर्मत, उपकरण बदली तथा सुदृढ़ीकरणको कार्य गर्नको लागी चैनपुर फिडर अन्तर्गतको क्षेत्रहरुमा विधुत अवरुद्ध गर्न लागेको टाँडी वितरण केन्द्रले बताएको छ।

भोली शनिवार विहान ६ बजे देखि साँझ ६ बजे सम्म टाँडी फिडर, सौराहा फिडर र चैनपुर १-२ फिडर बन्द रहने छ ।

सो फिडर अन्तर्गत शिवालयचोक, पदमपुर, पर्सा, ध्रुबचोक, सिमलढाप, हात्तीगाड़े, शक्तिखोर, जिरौना, पन्चकन्या, लौरीघोल, ज्यामिरे, सौरहाचोक, भक्तिनीबगैचा, चित्रसारी लगायतका क्षेत्रहरु पर्ने प्राधिकरणले जनाएको छ ।

 

Previous articleएमाले अध्यक्ष ओलीप्रति धनराज गुरुङ आक्रामक
Next articleछिचोलियो ‘फास्ट ट्र्याक’को लेनडाँडा सुरुङ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।