चितवनमा खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा एकजनाको मृत्यु

Click Image

२ माघ, चितवन । पश्चिम चितवनको फूलबारीमा खाना पकाउने ग्यास सिलिण्डरबाट ग्यास चुहावट भइ पड्किँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ डेरीचोकका ५० वर्षीय मनिष थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार आफ्नै कोठामा खाना बनाउने क्रममा ग्यास चुहावट भएर सिलिण्डर पड्किँदा थापाको सोमबार मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ ।

स्थानीय अविनाश फटिलाइजर कम्पनीको हातभित्र आगलागी भएको हो । घटनाको थप अध्ययन भइरहेको उनले बताए ।

Previous articleत्रिशूली नदीमा खसेको जिप भेटियो, भेटिएनन् चालक र यात्रु ( भिडियो)
Next articleह्याट्रिकसहित सूर्य तामाङले ६ विकेट चट्काएपछि मधेशविरुद्ध बागमती प्रदेशको शानदार जित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।