एमाले अध्यक्ष ओलीप्रति धनराज गुरुङ आक्रामक

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीमाथि कांग्रेस सांसद धनराज गुरुङ आक्रामक रूपमा प्रस्तुत भएका छन् ।

बिहीबार साँझ ६ बजे बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएपछि एमाले र कांग्रेस सांसदबिच धकेलाधेकल भएको थियो ।

सो क्रममा एमाले अध्यक्ष ओली र कांग्रेस उपसभापति गुरुङ आमने सामने भएका थिए । धकेलाधकेलका क्रममा गुरुङ अध्यक्ष ओलीमाथि जाइलागेका थिए ।

एमाले सांसदहरू महेश बर्तौला, ठाकुर गैह्रे लगायतले गुरुङलाई छेकेका थिए । संसदमा तनावको अवस्था आएपछि सभामुख देवराज घिमिरेले भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

Previous articleसत्तारुढ नेकपा एसको निर्णय- ‘सहकारीको बचत अपचलनबारे छानबिन समिति गठन हुनुपर्छ’
Next articleपुर्विचितवनको विभिन्न क्षेत्रमा भोली विधुत अवरुद्ध हुने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।