विदेश पठाइदिन्छु भन्दै बलात्कार गर्ने पक्राउ

काठमाडौं । २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
बुढानिलकण्ठ नगरपालिका–६ हात्तिगौडा डेरा गरी बस्ने झापा गौरीगञ्ज–१ घर भएका ३५ वर्षीय सुवास संग्रौला र ३३ वर्षीय बिशाल संग्रौलालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले महिलालाई विदेश पठाइदिन्छु भन्दै ललाई फकाई आफ्नै कोठामा लगेर जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

The post विदेश पठाइदिन्छु भन्दै बलात्कार गर्ने पक्राउ appeared first on Rajdhani Daily News.

अब बैंकमा सुन राख्दा ब्याज पाइने

Previous articleजब विमानस्थलमा भेटिइन् पर्यटन परी (रोबोट)
Next article२५ हजार धरौटी बुझाउन नसेपछि माइला लामा जेल चलान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।