गृहमन्त्री लामिछाने भन्छन्: म मिडिया मिलाउन सक्दिनँ

Click Image

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा गृहमन्त्री रवि लामिछानेले आफू मिडिया मिलाउन नसक्ने बताएका छन्।

सोमबार सामाजिक सञ्जालमा एक स्टाट्स लेख्दै गृहमन्त्री लामिछानेले कान्तिपुर दैनिक पत्रिकाले फेरि भ्रम छरेको र आफू मिडिया मिलाउन नसक्ने बताएका हुन्।

‘फेरि भ्रम छापेछ कान्तिपुरले। म मिडिया मिलाउन सक्दिनँ, त्यसैले भ्रमको विरुद्ध सत्यको लडाइँ आफैँ लड्नु पर्छ। सर्ट टर्म लोन को मतलब सहकारीको पैसा हो? कान्तिपुरले लुकाएको यो डकुमेन्ट हेर्नु होला। र, त्यसपछिको वर्षको अडिट रिपोर्ट पनि हेर्नु होला। उक्त सर्ट टर्म लोनको स्रोत जीबी राई हुन् भनेर प्रष्ट लेखेको छ।

त्यस पछिको वर्षको अडिट रिपोर्टमा डाइरेक्टर लोन भनेर झन् प्रष्ट लेखिएकै छ, ’ उनले आजको कान्तिपुर दैनिकमा छापिएको समाचारलाई लिएर लेखेका छन्, ‘यही कागज बोकेर काँग्रेस समिति-समिति भन्दैछ भन्ने मलाई थाहा थियो।

जस्तो समिति बनाएपनि मेरो आपत्ति छैन भनेर हिजै भनिसके। म तयार छु। सदनलाई बन्धक नबनाउनुस्, सुचारु गर्नुस्। मिडिया मिडिया धाउनै पर्दैन। यस्तै यस्तै प्रमाण बोकेर उफ्रनु भएको हो भने भयो, अब पुग्यो, बस्नुस्। म मिडिया मिलाउन सक्दिन।’

यस्तै, गृहमन्त्री लामिछानेले हिजो प्रतिनिधि सभा मार्फतपनि सहकारीबाट आफूले लोन नलिएको दाबी गर्दै मिडियामा आएजस्तो नभएको बताएका थिए। त्यसका लागि आफू मिडिया मिलाउन नसक्ने उनको तर्क थियो।

Previous articleमनहरीमा दुईजनाको ज्यान लिएको नरभक्षी बाघ सौराहाको खोरमा मर्‍यो
Next articleझुवानीमा विद्यार्थीको रक्त समुह पहिचान गर्न नमुना संकलन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।