घर भाडामा लिएर कोठी सञ्चालन, तीन जना पक्राउ

भद्रपुर । शहरमा प्रहरीले निगरानी बढाएसँगै ग्रामीण क्षेत्रमा घर भाडामा लिएर युवतीलाई जबरजस्ती यौनधन्दामा लगाएको अभियोगमा तीन जनालाई प्रहरीले मेचीनगरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ विराटनगर–५ घर भई हाल मेचीनगर नगरपालिका–७ बस्ने ४४ वर्षीय तुलसी कट्टेल, सोही वडाका ५८ वर्षीय हरि भनिने शिवप्रसाद घिमिरे र मेचीनगर–६ का सूर्य भनिने श्यामप्रसाद शिवाकोटी रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताउनुभयो । उहाँका अनुसार उनीहरुले मेचीनगर–७ स्थित प्यारीभिट्टामा चार तले १६ कोठा भएको घर भाडामा लिएर युवतीलाई राख्ने र ग्राहकसँग मोटो रकम लिएर उनीहरुलाई यौन धन्दामा लगाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

मेचीनगर नगरपालिका–६ स्थित पूर्वपश्चिम राजमार्गमा बुधबार बिहान २० र २१ वर्षका महिलालाई शंकास्पद अवस्थामा प्रहरीले फेला पारेको थियो । आफ्नो घर भक्तपुर र मोरङ बताउने दुई युवतीलाई सोधपुछ गर्दा सो रहस्य प्रहरीले पत्ता लगाएको हो । युवतीहरुले आफूलाई बन्धक बनाइ घरमा राखेर ग्राहकसँग दिनभर यौनसम्पर्क गराउने र बेलुका विभिन्न होटलमा पु¥याउने गरेको बताएको उहाँको भनाइ छ । उहाँका अनुसार उनीहरुले दैनिक पाँचदेखि छ जनासँग यौन सम्पर्क गराउन महिलालाई बाध्य बनाउँदै आएका थिए ।

यौन सम्पर्क गरे वापत प्रतिघण्टा रु पाँच सय र रातको समयमा होटलमा पठाउँदा प्रति रातको रु दुई हजार ५०० दिने प्रलोभन देखाई ती युवतीलाई यौन धन्दामा लगाउने र उनीहरुले भने रु १० हजारसम्म लिने गरेको अनुसन्धानको क्रममा खुल्न आएको प्रनाउ पोखरेलले बताउनुभयो ।

बुधबार पक्राउ गरिएका तीनै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुलाई मानव बेचबिखन ओसारपसार विरुद्धको मुद्दा चलाइनेछ । मानवविखन तथा ओसारपसार कसुरको अभियुक्तलाई १० देखि १५ वर्षसम्म कैद र रु दुई लाखसम्म जरिवाना हुनेछ । युवतीको उद्धार गरी प्रहरीले काठमाडौँमा रहेको विश्वास नेपालको आश्रममा पुनःस्थापनाका लागि पठाउने तयारी गरिरहेको छ ।

The post घर भाडामा लिएर कोठी सञ्चालन, तीन जना पक्राउ appeared first on Rajdhani Daily News.

साल्ट ट्रेडिङद्वारा महिनाभरी आयोडिनबारे गाउँगाउँमा सचेतना

Previous articleदुई वर्षपछि नदीजन्य उत्खनन् गर्न अनुमति
Next articleविश्वभर अस्थिरतासँगै रक्षा खर्चमा बढोत्तरी :एसियामा चीनलाई चुनौती दिन रक्षा खर्चमा वृद्धि
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।