साल्ट ट्रेडिङद्वारा महिनाभरी आयोडिनबारे गाउँगाउँमा सचेतना

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पाेरेशनले चितवनलगायत आसपासका जिल्लाको विभिन्न क्षेत्रमा पुगेर फेब्रुअरी महिनाभर आयोडिनबारे सचेतना जगाएको छ ।

कर्पाेरेशनले आफ्नो कार्यक्षेत्र रहेको चितवनसहित नवलपुर, तनुहुँ, लमजुङ् गोरखालगायत जिल्लामा पुगेर महिनाभरी आयोडिनबारे प्रचारात्मक कार्यक्रम आयोजना गरेको साल्ट ट्रेडिङ कर्पाेरेशन चितवन शाखाका प्रमुख बुद्धिविनोद दाहालले जानकारी दिए । उनका अनुसार महिनाभरी २९ वटा कार्यक्रम सम्पन्न भएको छ ।

सरकारले हरेक वर्षको फेब्रुअरी महिनालाई आयोडिन महिनाको रुपमा मनाउँदै आइएको छ । यही माघ १८ साल्ट ट्रेडिङ कर्पाेरेशनले विभिन्न कार्यक्रम गरी एक महिना व्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाएको हो । उनका अनुसार स्कुलस्तरीय कार्यक्रम मात्रै १० वटा छन् । यस्तै स्वास्थ्य संस्था, महिला समुहसँग सचेतनामुलक कार्यक्रम ६ वटा गरिएको छ । हाट बजारमा प्रचार प्रसार, व्यानर टाँस, विभिन्न सन्देश प्रसारण लगायतका कार्यक्रमहरु गरिएको दाहालले बताए ।

पछिल्लो सरकारी सर्वेक्षण अनुसार नेपालमा ९१ प्रतिशत परिवारले आफ्नो भान्सामा आयोडिन युक्त नुनको प्रयोग गरको छन् । अझै यसलाई एक सय प्रतिशतमा पुर्याउने सरकारी लक्ष्य छ । आयोडिन मन्थका अबसरमा साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड चितवनले सपिङ, झोला, स्कुल व्याग, टिसर्ट, पम्प्लेट वितरण समेत गरेर प्रचार गरेको थियो ।

आयोडिन सबै उमेरका व्यक्तिहरु तथा जीवनजस्तुहरुलाई दैनिक रुपमा नभइ नहुने सुक्ष्म पोषक तत्व हो । आयोडिनको कमिले मानसिक तथा शारीरिक वृद्धि विकासमा अवरोध पुर्याउँछ । सहि मात्रामा आयोडिन नपाउनाले विभिन्न असरहरु देखिन्छ । आयोडिनको कमी भएमा घाँटीको ग्रन्थी बढ्ने भई गलगाउँड आउँछ । गर्भावस्थामा आयोडिनको कमि भए गर्भ तुहिन्छ, मृत बच्चा जन्मिनसक्ने हुन्छ । बौद्धिक विकासमा असर पर्छ । रोग संक्रमणबाट लड्ने क्षेमतामा ह्रास आउँछ । आयोडिनमो मात्रा मिलाएर गाई भैसीबाट दुध उत्पादन बृद्धि हुने हुन्छ ।

आयोडिन जीवन भरमा एक चम्चा मात्र खाए पुग्छ । तर एकैपटक नभई हरेक दिन थोरै थोरै खानु पर्छ । खासगरी गर्भ रहनु अघि, गर्भावस्थामा र गर्भावस्थापछि पनि नियमित रुपमा आयोडिन युक्त नुन नै खानुपर्ने विज्ञले जनाएका छन् ।

The post साल्ट ट्रेडिङद्वारा महिनाभरी आयोडिनबारे गाउँगाउँमा सचेतना appeared first on Rajdhani Daily News.

चितवनका दुई युवा पत्रकारलाई जोखिम पत्रकारिता पुरस्कार

Previous articleमीनी ट्रकको ठक्करबाट नेपालीको मृत्यु
Next articleबलात्कार कसुरमा नौ वर्ष जेलसजाय
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।