छिमेकीको घरमा विवाह हेर्न गएका बालक पोखरीमा मृत भेटिए

छिमेकीको विवाह हेर्न गएका एक बालक शुक्रबार सिरहाको कल्याणपुर–३ इटारी पर्साहीमा मृत फेला परेका छन्।

सिरहाको कल्याणपुर नगरपालिका–३ इटारीपर्साही निवासी राजकुमार मण्डलका तीन वर्षीय छोरा आयुष गाउँकै पोखरीमा मृत फेला परेका हुन्।

गए राति छिमेकीको विवाह हेर्न गएका आयुष कतिखेर हराएको भन्ने यकिन नभए पनि शुक्रबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

सुरक्षाकर्मी हाई अलर्टमा, नाकामा निगरानी बढाउँदै सरकार

Previous articleझापाकाे दमकबाट पेस्तोल र गोली बरामद
Next articleकालाकाड लोकमार्ग संचालन नहुँदा मुगुको खत्याडमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्यो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।