छिमेकीको घरमा विवाह हेर्न गएका बालक पोखरीमा मृत भेटिए

0
70

छिमेकीको विवाह हेर्न गएका एक बालक शुक्रबार सिरहाको कल्याणपुर–३ इटारी पर्साहीमा मृत फेला परेका छन्।

सिरहाको कल्याणपुर नगरपालिका–३ इटारीपर्साही निवासी राजकुमार मण्डलका तीन वर्षीय छोरा आयुष गाउँकै पोखरीमा मृत फेला परेका हुन्।

गए राति छिमेकीको विवाह हेर्न गएका आयुष कतिखेर हराएको भन्ने यकिन नभए पनि शुक्रबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

साउदीको मरुभुमीमा भेडा चराउने केशव रुचाल रुँदै लाईभमा, उद्धार गरिदिन आग्रह ( लाईभ भिडियो )

Previous articleशिवरात्रि मनाउन सहयोग उठाइरहेका बालकको बसको ठक्करबाट मृत्यु
Next articleविकासको मूलआधार नै धर्म र संस्कृति हो : मुख्यमन्त्री पौडेल