कालिकामा उत्पादित महको बजार खोज्दै मेयर रेग्मी कृषि मन्त्रालयमा

उज्यालो दर्पण। चितवनको कालिकामा उत्पादित बजार खोज्दै मेयर विनोद रेग्मी कृषि मन्त्रालय पगेका छन् । स्थानीय स्तरमा उत्पादित महको बजारीकरणमा देखिएका समस्या, महको व्यवस्थापन, मह निर्यात लगाएतका विषयमा छलफल गर्न मेयर रेग्मीले कृषि मन्त्री संग छलफल गरेका हुन् ।

सो अवसरमा मेयर रेग्मीले कृषि मन्त्री रामनाथ अधिकारी समक्ष कालिकामा रहेका मौरीपालक किसानद्धारा उत्पादित महको बजारीकरणमा रहेको समस्या बारे अवगत गराएका थिए ।

आफ्ना किसानले उत्पादन गरेको मह वर्षौ सम्म भण्डारण गरेर राख्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै मेयर रेग्मीले देशमै खपत हुने वा निर्यातको वातावरण निर्माण गर्न मन्त्री अधिकारी समक्ष अनुरोध गरेकाछन् ।

“किसानले मेहनत र लगानी गरेर उत्पादन गरेको महले बजार पाउन नसक्दा  सोचेभन्दा उत्पादन बढाउन सकेका छैनन् । बजार सुनिश्चित हुने हो भने उत्पादन अझै बढाउन सकिन्छ”, मेयर रेग्मीले भने, “उत्पादित महले बजार नपाउँदा किसान निराश हुनुपर्ने अवस्था सिर्जना हुँदै गएको छ ।”

नेपालमा उत्पादित महको बजार बढाउनका लागि भारतबाट आउने मह रोक्नुपर्नेमा उनले जोड दिए । चितवनको कालिका नगपालिका सहित जिल्लामा मह उत्पादन निकै राम्रो भइरहेकाले अब उत्पादन भन्दा पनि बजारीकरणको चिन्ता बढ्दै गएको बताए । उनले महको बजारीकरणका लागि योजना बनाउन कृषि मन्त्री अधिकारीलाई सुझाव दिए ।

कार्यक्रममा नेपाल मौरीपालक महासंघका अध्यक्ष सुवास घिमिरे, निवर्तमान अध्यक्ष शिव पौडेल, वरिष्ठ उपाध्यक्ष पदम प्रसाद अम्गाई, नेपाल मौरीपालक महासंघका महासचिव सालकिराम बानिया, मौरीपालक संघ कालिकाका अध्यक्ष नारायण पौडेल, मौरीपालक संघ भण्डाराका निवर्तमान कार्यालय प्रमुख तथा मौरीपालक किसान बाबुराम पन्त, नेपाल मौरीपालक महासंघका केन्द्रिय अध्यक्ष जानुका थापा, केन्द्रिय कोषाध्यक्ष श्याम कृष्ण श्रेष्ठ, सदस्य रवि वहादुर अधिकारी, भण्डारा मौरी विकास केन्द्र कार्यक्रमका प्रमुख सुरज अम्गाई, किट विकास निर्देशनालयका प्रमुख सावित्रि वराल, राष्ट्रिय क्वारेन्टाईन कार्यालयका प्रमुख भोजराज सापकोटा, नेपाल मौरीपालक महासंघका जिल्ला उपाध्यक्ष कमल सापकोटा, कृषि विभागका विभागिय प्रमुख, मन्त्रालयका सह सचिव, डाबर नेपालका प्रतिनिधि, मौरीपालक किसान लगाएतले महको बजारीकरणमा देखिएका समस्याका विषयमा घनिभुत छलफल गरेका छन् ।

Previous articleअमेरिकामा नेपाली युवती मुनालाई गोली हानी हत्या गरेको आरोपमा एक जना पक्राउ
Next articleप्रकाशका साहुका छोरा भन्छन्– उहाँ मेरो बुबा जस्तै हुनुहुन्छ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।