देशमा नीतिगत भ्रष्टाचार मौलाएको छ : कमल थापा

अत्तरिया । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा नीतिगत भ्रष्टाचार मौलाएको आरोप लगाएका छन् । शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले आमूल परिवर्तनको नारा भ्रष्टाचारमा मात्र सिमित भएको बताए ।

अध्यक्ष थापाले भने, ‘लोकतन्त्रको आवरणमा अहिले देशमा भ्रष्टाचार व्याप्त छ, अहिलेको देशको ठूलो चुनौती नै भ्रष्टाचार हो ।’ देशमा संस्थागत र नीतिगत रुपमै भ्रष्टाचार भइरहेकाले यसलाई रोक्न जनता जाग्ने बेला आएको उनको भनाइ थियो ।

एमसिसीबारे पत्रकारको जिज्ञासामा उनले सबै राजनीतिक दलको सहमतिमा तयार पारिएको सम्झौता भएको भन्दै यसलाई पारित गरी कार्यान्वयनमा ल्याउनु सबैको जिम्मेवारी रहेको बताए । एमसिसी नेपालको हितमा रहेकाले यसमा विवाद गर्नुको औचित्य नरहेको उनको भनाइ थियो । आफ्नो पार्टीको एजेन्डा हिन्दू राष्ट्र र राजसंस्थासहितको लोकतन्त्र रहेको उल्लेख गर्दै अध्यक्ष थापाले अब सङ्गठन विस्तारको अभियानमा अघि बढ्ने बताए ।

The post देशमा नीतिगत भ्रष्टाचार मौलाएको छ : कमल थापा appeared first on Rajdhani Daily News.

मेलम्ची खानेपानी आयोजनामा कोरोनाको असर छैन

Previous articleमायाघरका असहायहरुसंग नेशनल लाइफ
Next articleइलाममा एक वर्षमा ४९ नवजात शिशुको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।