उपत्यकाभित्र प्रेस पास भएका पत्रकारलाई सवारी अनुमतिपत्र नचाहिने

काठमाडौं- निर्वाचन आयोगले मतदानको दिन उपत्यकाभित्र सञ्चारकर्मीको सवारी आवागमनलाई थप सहजीकरण गर्न नेपाल सरकार, गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

आयोगले नेपाल सरकार वा प्रदेश सरकारको आधिकारिक निकायबाट जारी भएको प्रेस पास भएका सञ्चारकर्मीका हकमा त्यस्ता सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधनका लागि सवारी अनुमतिपत्र आवश्यक नपर्ने स्पष्ट पारेको हो ।

प्रेस पास नभएका सञ्चारकर्मीको हकमा सम्बन्धित सञ्चारगृहको आधिकारिक पत्रमार्फत अनुरोध भई आएमा प्रमुख जिल्ला अधिकारी, काठमाडौँले सवारी अनुमतिपत्र जारी गर्न सक्नेछन् ।-

https://ujyaalonepalnews.com/archives/20021

Previous articleसरकारले पहिलोपटक प्रकाशन गरेको पात्रो ‘राष्ट्रिय-पञ्चाङ्गम’ सार्वजनिक
Next articleसुर्खेतमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक भट्ट निलम्बित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।