मायाघरका असहायहरुसंग नेशनल लाइफ

इटहरी । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफनो ३३ औं वार्षिकोत्सवको अवसरमा इटहरी स्थित माया घर नेपालका ४६ जना वृद्धवृद्धाहरुलाई खाना खुवाएको छ । सामाजिक उत्तरदायित्व अन्र्तगत कम्पनीले देशभर विभिन्न कार्यक्रम गरीरहेका बेला असाहय तथा मानसिक अवस्था कमजोर भएका सडकमा बेवारिसे अवस्थामा रहेका बालबालिका सहित माया घरमा रहेका ४६ जनालाई उनीहरुको रुचीअनुसार भोजन गराएको कम्पनीका प्रदेश नं.१ का प्रमुख नरेन्द्र राईले बताए ।

इटहरी २ हवाई चोकमा रहेको मायाघरमा रहेका विभिन्न क्षेत्रबाट आएका जेष्ठनागरीक बालबालिका तथा मानसिक सन्तुलन गुमाएकाहरुलाई दैनिक खाना तथा भोजन गराउन समस्या रहीरहेको बेला कम्पनीले एक छाक खाना खुवाएर गरेको सामाजिक कार्यले ठूलो सहयोग पुगेको माया घर नेपालकी सचिव सुभद्रा प्याकुरेलले बताइन् ।

कम्पनीले पछिलो समय सामाजिक उत्तरदायित्व अन्र्तगत प्रदेश १ मा शैक्षिक छात्रवृद्धि जेष्ठ नागरीकहरुलाई सम्मान लगायत विभिन्न कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा इटहरी शाखा प्रमुख भोजमान श्रेष्ठ, पथरी शाखा प्रमुख रबिन्द्र लिङदम, नेपाल विज्ञापन संघ प्रदेश १ का संयोजक पवन अधिकारी, पेशागत विमा अभिकर्ता संघ इटहरी शाखा प्रमुख किशन शाही लगायतहरूकाे उपस्थिती रहेको थियो ।

The post मायाघरका असहायहरुसंग नेशनल लाइफ appeared first on Purbeli News.

चेपेमा पौडी खेल्ने क्रममा एक किशोरको मृत्यु

Previous articleनेहरुको प्रतिबद्धता पूरा भए कश्मिर पाकिस्तानको हुन्छ : पाकिस्तानी प्रधानमन्त्री खान
Next articleदेशमा नीतिगत भ्रष्टाचार मौलाएको छ : कमल थापा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।