नेपालमा भारत विरुद्ध देशैभरी आन्दोलन सुरु, मोदीको पुत्ला जलाइयो

काठमाडौं । भारतले हालै जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भु–भाग परेपछि नेपालमा फेरि भारत विरोधी प्रदर्शन सुरु भएको छ । भारतले जारी गरेको नयाँ नक्सामा कालापानी क्षेत्र समेटिएको विरोधमा देश भर भारत विरुद्ध प्रदर्शन भइरहेको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले कोहलपुरमा प्रदर्शन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ ।

‘गो ब्याक इन्डिया’ को नारा लगाउँदै बजार परिक्रमा गरेका विद्यार्थीहरुले बागेश्वरी क्याम्पस नजिकै पुगेर भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेका हुन् । ‘भारतीय बिस्तारवाद मुर्दावाद, नरेन्द्र मोदी मुर्दावाद’ को नारा लगाउँदै विद्यार्थीहरुले पुत्ला दहन गरे ।

विद्यार्थीहरुले भारतले तत्काल नक्सा नसच्याए कडा आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् । नेपाल सरकारले पनि भारतीय नक्सा मान्य नभएको भन्दै कुटनीतिक रुपमा समाधान खोज्ने बताएको छ । भारतले नयाँ नक्सामा कालापानी, लिपुलेख, लिम्पियाधुरा आफ्नो देशमा देखाएको छ ।

कालापानी, लिपुलेख, लिम्पियाधुरा क्षेत्रमा भारतले लामो समय देखि आफ्नो सैनिक राख्दै आएको भए पनि नेपालको सरकारी पक्षबाट हटाउन पहल भएको पाइदैन । पटकपटक जनताले यसको विरोध गर्दै आएको भए पनि भारतले मानिरहेको थिएन । युवा संघले पनि भारतीय कदमको विरुद्धमा आन्दोलन छेड्न बैठक आह्वान गरेको छ ।

इलाम नगरपालिका प्रमुख-उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी
Previous articleआज वि. सं. २०७६ साल कात्तिक २१ गते बिहीबार,, आजको तपाइको दिन कस्तो छ? (राशिफल)
Next articleआज सार्वजनिक बिदा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।