दिपकराजको गीतमा वर्षा शिवाकोटीको अभिनय

काठमाडौं । माया प्रेम अनि बिरहको गीत लेख्दै आएका गीतकार एबंम निर्देशक दिपकराज पाठकको नयाँ सिर्जना ‘तिम्रो दिलको चाबी…’ बोलको गीत युट्युववाट सार्वजनिक भएको छ ।

पाठकको शब्दमा संगीतकार बिपिन आचार्यको संगीत र एरेन्ज रहेको छ भने माण्डवी त्रिपाठी र गायक राजन श्रेष्ठको स्वर रहेको छ ।

गीतको शब्द अनुसार सुहाउदो जोडी नायिका वर्षा शिवाकोटी र मोडल बिजु पार्कीले गीतको भिडियोमा मोडलिङ गरेका छन् । जुन गीतको भिडियो निर्देशन दिपकराज स्वयंले गरेका छन् । बासु बरालले छायांकन गरेको भिडियोमा शिलान लम्सालको सम्पादन रहेको छ । त्यस्तै प्रमोद के भण्डारीको कोरियोग्राफी रहेको छ ।

The post दिपकराजको गीतमा वर्षा शिवाकोटीको अभिनय appeared first on Rajdhani Daily News.

सशीन र दीपेशको जोडीलाई दशौं बबिन स्मृति ब्याडमिन्टनको उपाधि

Previous articleगोकुल बास्कोटाले कर्मचारीलाइ प्रयोग गरेको भाषाप्रति कांग्रेसको आपत्ति
Next articleतनहुँमा दुई बस एकआपसमा ठोक्किए, २० जना घाइते
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।