तनहुँमा दुई बस एकआपसमा ठोक्किए, २० जना घाइते

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान भएको बस दुर्घटनामा २० यात्रु घाइते भएका छन्।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ना ७ ख २०६ नं को बस र विपरित दिशाबाट आउँदै गरेको ना ५ ख २८५६ नं को बस एकापसमा ठक्कर खाँदा दुवै बसमा सवार २० यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घाइतेमध्ये तीन जनालाई भरतपुरस्थित चितवन मेडिकल कलेज र एक जनालाई थप उपचारको लागि पोखरा पठाइएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। अन्य घाइतेको दमौलीस्थित रत्नहरि र एपोलो अस्पतालमा उपचार भइरहेको छ।

तीव्र गतिमा आएको ना ५ ख २८५६ नं को बसले गलत दिशामा आएर अर्को बसलाई ठक्कर दिएको थियो । दुर्घटनापछि केही बेर अवरुद्ध भएको सडक अहिले सुचारु छ। रासस

फोनिज अध्यक्षमा गजुरधन राई निर्वाचित

Previous articleदिपकराजको गीतमा वर्षा शिवाकोटीको अभिनय
Next articleवुहानमा कोरोनाका कारण अर्का एक डाक्टरको पनि मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।