चितवनको कालिकाबाट लागूऔषध सहित दुईजना पक्राउ

चितवन । चितवनको कालिकाबाट लागूऔषधगाँजा सहित दुई व्यक्ति पक्राउ परेका छन्। मंगलबार बेलुकी ७ बजेको समयमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी जुटपानीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा कालिका नगरपालिका वडा नं–११, मझवाङका ४० वर्षीय बुद्धिबहादुर चेपाङ र सोही ठाउँका विनोद चेपाङ रहेका छन् ।

बरामद गाँजा

बुद्धिबहादुरको घरमा लुकाइछिपाइ राखेको ८.७२६ केजी र विनोदको घरबाट ७.९१८ केजी लागूऔषध गाँजा फेला परेको प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए । निजहरुलाई जिल्ला अदालत चितवनबाट सात दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

चितवनमा  एम्बुलेन्स र अटो आँपटारीमा ठोक्किँदा ६ जना घाइते

चितवन, मंसिर २२- नारायणगढबाट काठमाडौ तर्फ गइरहेको एम्बुलेन्स र अटो भरतपुर महानगरपालिका–१ आँपटारीमा एकआपसमा ठोक्किँदा ६ जना घाइते भएका छन् । काठमाडौ तर्फ गइरहेको ना २ च ६३७८ नम्बरको एम्बुलेन्स र रामनगरबाट नारायणगढ तर्फ आउँदै गरेको ना २ ह २८६२ नम्बरको अटो एक आपसमा ठक्कर खाँदा अटोमा सवार चालकसहित ६ जना घाइते भएका हुन् ।

घाईते हुनेमा अटो चालक भरतपुर ८ बस्ने सुर्य ब.खुलाल, उनकी श्रीमती अन्जु तामाङ, छोरा किरण खुलाल, खैरहनी ११ कि रन्जु लामा उनका श्रीमान् सुर्य ब.गुरुङ र छोरी खुशि गुरुङ छन् । घाइतेहरुलाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/25243

Previous articleनवनिर्वाचित सांसद ढकालको सक्रियता; विद्युत् विस्तार गर्न घिसिङको ध्यानाकर्षण
Next articleचितवनको दर्जन बढी गाउँमा टिप्दैन मोबाइलको नेटवर्क
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।