इरानमा कोरोनाका कारण १४ प्रान्तका पठनपाठन एक हप्ता ठप्प, मृतकको संख्या ८ पुग्यो

आइतबार ८ जनाको मृत्यु भएको इरानी स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको हो। गएको २४ घन्टामा १५ जनामा कोरोनाको संक्रमण देखिएको हो।

इरानी सरकारले कोरोनाको संक्रमणलाई फैलन नदिन १४ प्रान्तका सबै पठनपाठन एक हप्तालाई ठप्प पार्ने निर्णय गरेको इर्ना समाचारसंस्थाले जनाएको छ।

आइतबार बिहानसम्मको तथ्यांकअनुसार विश्वभर ७९ हजार ९३० जनामा कोरोनाको संक्रमण देखिएको छ।

मृतकको संख्या २ हजार ४६१ जनाको मृत्यु भइसकेको छ।

चीनमा मात्र २ हजार चारसय जनाको मृत्यु भएको छ भने त्यहाँ ७८ हजारभन्दा बढी संक्रमित छन्।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार हालसम्म २३ हजा ९२ जना कोरोनाबाट संक्रमित उपचारपछि स्वस्थ बनिसकेका छन्।

महालक्ष्मी नगरपालिकाद्वारा एकीकृत नगर सूचना प्रणाली र विद्युतीय घर नक्सा प्रणाली सुरु

Previous articleसीले आकस्मिक भिडियो सम्मेलनमा भनेः कोरोनाभाइरस हालसम्मकै ठूलो स्वास्थ्य संकटकाल
Next articleत्रिशूलीमा ट्रक खस्दा चालकको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।