त्रिशूलीमा ट्रक खस्दा चालकको मृत्यु

धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ को ज्यामिरेघाटबाट ट्रक त्रिशूलीमा खस्दा एकजनाको मृत्यु भएको छ।

आइतबार बिहान ना५ख ३७७७ नंको सिमेन्ट बोकेको ट्रक त्रिशूलीमा खस्दा मकवानपुर भिमफेदी निवासी चालक बिखे थोकरको मृत्यु भएको हो।

दुर्घटनामा परी सहचालक सप्तरी रुपनगरका राजेश विक घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानाकारी दिए। रासस 

झोलुङ्गे पुलले जोडियो कार्यविनायक र मछिन्द्रबहाल

Previous articleइरानमा कोरोनाका कारण १४ प्रान्तका पठनपाठन एक हप्ता ठप्प, मृतकको संख्या ८ पुग्यो
Next articleनवजागृति खप्तड गोल्डकपको क्वाटरफाइनलमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।